रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन दर्ता भएको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्दै पेसी तोकेको छ।
सर्वोच्च प्रशासनले युवराज पौडेल (सफल)ले पेस गरेको रिट निवेदन सोमबार दर्ता गर्दै प्रारम्भिक सुनुवाइ गर्न मंगलबारका लागि पेसी तोकेको हो।
महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ पौडेलले सर्वोच्चमा आइतबार रिट निवेदन पेस गरेका थिए। उनले रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्दै काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा दिएको जाहेरी दर्ता गरी लामिछानेउपर कानूनबमोजिम छानबिन गर्न माग गरेका छन्।
महान्यायाधिवक्ताको कार्यालयले चैत ६ गते प्रमाण नपुग्ने भन्दै लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
“विपक्षी महान्यायाधिवक्ताको मिति २०७९/१२/०६ को निर्णय र सोसँग सम्बन्धित सम्पूर्ण काम, कारबाही, आदेश एवं टिप्पणी उत्प्रेषणको आदेशले बदर गरी म निवेदकले मिति २०७९/१०/१७ मा विपक्षी जिल्ला प्रहरी परिसर टेकुसमक्ष दिएको जाहेरी दर्ता गरी निज रवि लामिछानेउपर कानूनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाऊँ,” रिट निवेदनमा भनिएको छ।
त्यस्तै, रिट निवेदक पौडेलले सर्वोच्चको आदेशपछि लामिछानेले नारिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरे/नगरेको यकिन गर्न पनि माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
