'ए' डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलामा संकटाले खुमलटारलाई पराजित गर्दा एपीएफ पुलिसमाथि जित हात पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।
काठमाडौँ– संकटा क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत छैटौँ चरणको खेलमा एफसी खुमलटारमाथि संघर्षपूर्ण जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा संकटाले खुमलटारलाई १-० गोल अन्तरले पराजित गरेको हो। २७औँ मिनेटमा जुनिअर ओन्गुनेले गरेको एक मात्र गोल संकटाको जितका लागि निर्णायक बन्यो।
त्यसअघि दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको चौथो मिनेटमा स्टेफन विनोङको फ्रिकिक प्रहारलाई संकटाका गोलरक्षक विष्णुकुमार केसीले बचाए।
२४औँ मिनेटमा कर्नरमा आएको बललाई जुनियरले हेडर गरेका थिए। तर, पोलमा लागेर बाहिरिँदा संकटाले अग्रता लिन चुक्यो। जितसँगै संकटाले ६ खेलमा ९ अंक जोडेको छ। पराजय बेहोरेको खुमलटारको समान खेलबाट ६ अंक छ।
संकटाले चैत २६ गते साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग खेल्ने छ। खुमलटारले चैत २४ गते जावलाखेल युथ क्लबको सामना गर्नेछ।
एपीएफको जित
त्यस्तै, 'ए' डिभिजन लिगअन्तर्गतको अर्को खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि जित हात पारेको छ। च्यासल मैदानमा सोमबार सम्पन्न खेलमा एपीएफले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो।
एपीएफलाई जित दिलाउन एडमा डोम्बिया र सबिन गुरुङले समान एक गोल गरे।
खेलको ५७औँ मिनेटमा डोम्बियाले एपीएफलाई अग्रता दिलाए। इन्जुरी समयमा सबिनले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए।
जितसँगै ६ खेलमा १० अंक जोडेको एपीएफ पाँचौँ स्थानमा उक्लिएको छ। पराजित पुलिस समान खेलबाट एक अंकका साथ पुछारमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
