सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
काठमाडौँ– सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअध्यक्ष कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र पूर्वडीआईजी गणेशबाबु अर्याल सदस्य रहेको समिति गठन गरेको हो।
समितिलाई मिटरब्याज पीडितको समस्या समाधान हुने गरी ठोस र व्यावहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले उक्त समितिको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ।
“फिल्डमै गएर समस्या समाधान गर्न आयोग नै बनिसकेको हुनाले यसका लागि अब काठमाडौँ आइराख्न पर्दैन। आयोग जनकपुरमै रहने हुनाले त्यहीबाट यसको समाधान खोजिन्छ। काठमाडौँ आउने दुःख नगर्न पनि पीडितहरूलाई पनि आग्रह छ,” उनले भनिन्।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुशी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ। “गृहमन्त्री र गृह सचिवले हिसाबकिताब देखाउन नपर्ने गरेर जासुसी परिचालनका लागि खर्च गर्ने जुन हाम्रो कार्यविधि थियो, त्यो खारेज गरिएको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
