नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार मध्यरातदेखि लागू हुने गरी निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ।
निगमले हवाई इन्धनको आन्तरिक र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
निगमका अनुसार एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री भइरहेको छ। एलपी ग्यासको खुद्रा मूल्यमा अझै पनि प्रतिसिलिन्डर ५४५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५/१५ दिनमा पठाउने मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
