आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ।
अलराउन्डर मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नईले लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको हो। २१८ रनको विजयी लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्र जोड्न सक्यो।
लखनऊका कायल मेयर्सले २२ बलमा ८ चौका र २ छक्कासहित ५३ रन बनाए। कप्तान केएल राहुलले राहुलले १८ बलमा २ चौका प्रहार गर्दै २० रन बनाए। क्रुनाल पान्ड्या ९, मार्कस स्टोइनिस २१, निकोलस पुरनले ३२, आयुष बदोनी २३ र कृष्णप्पा गौतमले १७ रन बनाए। मार्क वुड १० रनमा अविजित रहे।
चेन्नईका मोईन अलीले ४ विकेट लिए। तुषार देशपान्डेले २ तथा मिचेल सान्टनारले १ विकेट लिए।
त्यसअघि घरेलु मैदान एमए चिदम्बरममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो। चेन्नईका ऋतुराज गायकवाड र डेभन कन्वेले पहिलो विकेटका लागि ९।१ ओभरमा ११० रनको शतकीय शुरूआत दिलाएका थिए।
गायकवाडले ३१ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए। कन्वेले २९ बलमा ५ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए। यस्तै शिवम दुबेले २७, मोईन अलीले १९, महेन्द्रसिंह धोनीले १२ तथा बेन स्टोक्सले ८ रन बनाए। अम्बाती रायुडू २७ रनमा अविजित रहे।
लखनऊका रबि विस्नोई र मार्क वुडले ३/३ तथा आवेश खानले एक विकेट लिए। आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
