अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।
फौजदारी आरोपको सामना गर्न अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन्। उनी न्युयोर्कस्थित आफ्नो व्यावसायिक भवनमा वकिलहरूसँग परामर्श गरिरहेका छन्।
ट्रम्पलाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लील चलचित्रकी एक नायिकासँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ।
पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन्। नायिका स्टर्मी डेनियलले भने आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन्।
पूर्वराष्ट्रपतिको सुरक्षाका निम्ति गुप्तचर सेवाका अधिकारीले विशेष तयारी गरेका छन् भने अन्य सुरक्षा निकायले पनि म्यानहाटनस्थित अदालतबाहिर सम्भावित विरोध प्रदर्शनसमेतलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारेका छन्। उक्त अदालततर्फ जाने पैदलयात्री मार्गमा छेकबार लगाइएका छन्।
पूर्वराष्ट्रपति ट्रम्पलाई अदालतमा पुर्याउन संघीय जाँच ब्युरो (एफबीआई), न्युयार्क महानगरको कानून कार्यान्वयन गराउने निकाय र अमेरिकाको सिक्रेट सर्भिसले सम्बद्ध निकायसँग समन्वय गरेका छन्।
अभियोग सामना गर्न अदालतमा उपस्थित भएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफू निर्दोष रहेको बताउने उनका वकिलहरूले बताएका छन्। त्यसअघि उनको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ। यद्यपि, उनलाई हतकडी लगाइने छैन। अदालतमा उनलाई औपचारिक रूपमा अभियोग लगाइएपछि न्युयोर्क सिटी अदालतका एक जना न्यायाधीशले उनमाथि लगाइएका अभियोगबारे जानकारी दिने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
