पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न माओवादीले बुधबार अपरान्ह ४ बजे पदाधिकारीको बैठक बोलाएको छ।

काठमाडौँ– सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाइएको हो।केन्द्रीय कोषाध्यक्षसमेत रहेका कार्यालय सचिव श्रीराम ढकालले बुधबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्ने जानकारी दिए।

“राजनीतिक घटनाक्रम र समसामयिक विषयमा नै छलफल गर्न बैठक बोलाइएको हो। अन्य अजेन्डामा पनि छलफल होला,” उनले भने।