अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए। त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो सुनुवाइ सकिएको छ। फौजदारी अपराध मुद्दामा सुनुवाइका लागि न्युयोर्कस्थित म्यानह्याटन क्रिमिनल कोर्टहाउस पुगेका ट्रम्पले आफू दोषी नभएको दोहोर्याएका थिए।
उनीविरुद्ध व्यावसायिक ठगी, अश्लील चलचित्रकी नायिकासँगको सम्बन्ध लुकाउन रकम भुक्तानी गरेकोसहित ३४ आपराधिक मुद्दा लगाइएको छ। अब ट्रम्पको अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ। अदालतमा उपस्थित हुँदा ट्रम्प मलिन र गम्भीर मुद्रामा देखिएका थिए।
ट्रम्पले अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले सुनुवाइको अर्को मिति तोकेका थिए। डिसेम्बर ४ मा हुने सुनुवाइमा पनि ट्रम्प भौतिक रूपमा नै अदालतमा उपस्थित हुनुपर्नेछ। अदालतबाट छुटेपछि ट्रम्प सिधै फ्लोरिडास्थित निवास मार ए लागो गएका थिए।
त्यहाँ शुभचिन्तक र पत्रकारसँग ट्रम्पले आफूमाथि मुद्दा लगाउने सरकारी वकिल अल्भिन ब्रागप्रति कटाक्ष गरेका थिए। “हरेक पण्डित र कानूनी विश्लेषकले कुनै मामिला छैन भन्दाभन्दै पनि जिल्लाको एक असफल न्यायाधिवक्ताले इतिहासमै पहिलो पटक अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाएको छ,” उनले भनेका थिए, “ऊ डेमोक्रेट पार्टीमा निर्वाचित भएको छ।”
ट्रम्पले न्यायाधीश र अन्य वकिलको समेत आलोचना गरेका छन्। राजनीतिक प्रतिशोधले बिना प्रमाण आफूमाथि मुद्दा लगाइएको उनले दोहोर्याए। यता, समर्थकहरूले ट्रम्पमाथिको आपराधिक मुद्दा देशमाथिकै अपमान भएको टिप्पणी गरेका छन्।
ट्रम्पका वकिल टोड ब्लान्चेले भनेका छन्, “हामी लड्नेछौँ। कडा रूपमा लड्नेछौँ।” ट्रम्पमाथि अन्याय भएको उनको दाबी थियो। द गार्डियनले ट्रम्प अदालतमा उपस्थित भएको दिनलाई अमेरिका र त्यहाँको न्याय प्रणालीकै ‘कालो दिन’ भनको छ। ट्रम्प फौजदारी अपराधको मुद्दा लाग्ने अमेरिकाको पहिलो पूर्वराष्ट्रपति हुन्।
ट्रम्पले कानून उल्लंघनको विषयलाई ढाकछोप गर्न व्यावसायिक ठगी र जाली काम गरेको न्युयोर्कका सरकारी वकिल ब्रागको आरोप छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्प राष्ट्रपतिका उम्मेदवार थिए।
त्यसैताका अश्लील चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सले आफू र ट्रम्पबीच सम्बन्ध रहेको कुरा सञ्चारमाध्यममा बोल्दै हिँडेकी थिइन। तर, चुनावमा नकारात्मक प्रभाव पर्ने भन्दै ट्रम्पले उनलाई पैसा दिएर चुप बस्न लगाएको बताइएको छ। यो कुरा ड्यानियल्सले पनि स्वीकार्दै आएकी छिन्। उनलाई चुप लगाउन दिइएको रकमको भुक्तानी अभिलेख भने राखियो।
यसकारण विषयले ट्रम्प अप्ठेरोमा परेका हुन्। किनभने यस्तो गर्नु झुटो व्यापारिक अभिलेख राख्नुसरह हो जुन न्युयोर्कमा गैरकानूनी छ। ट्रम्पमाथि व्यावसायिक ठगीहरू लुकाएको आरोप पनि छ। चुनावअघि ट्रम्पले अश्लील ९पोर्न० चलचित्रकी नायिका स्टोर्मी र प्लेबोइकी मोडल करिन म्याकडोगललाई रकम दिएको भनिएको छ।
साथै, विवाहित पुरुषबाट जन्मिएको बच्चाबारे झुटो बयान दिन भन्दै ट्रम्प टावरका सहयोगीलाई ३० हजार डलर दिएको आरोप उनीमाथि रहेको बीबीसीले उल्लेख गरेको छ।
ट्रम्पले भने सबै आरोपको खण्डन गर्दै आएका छन्। ट्रम्प दोषी ठहरिए उनलाई चार वर्षसम्मको कैद हुनसक्छ।
राष्ट्रपतीय चुनाव लड्न पाउँछन् त ट्रम्प?
ट्रम्प अमेरिकी विपक्षी दल रिपब्लिकन पार्टीबाट सन् २०२४ को निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार हुन्। ट्रम्पमाथि फौजदारी अभियोगको मुद्दामा लागेको छ। तर, उनी चुनाव लड्न भने पाउनेछन्।
अमेरिकी कानून अनुसार मुद्दा लागेको वा कुनै पनि अपराधमा दोषी करार भएको व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बन्न पाउँछ। मुद्दा चलिरहेको र दोषी करार नै भए पनि चुनावमा सहभागी हुन पाउँछ।
साथै राष्ट्रपतिको भूमिका निर्वाह गर्नबाट रोक्ने कुनै व्यवस्था अमेरिकी कानूनमा छैन। यता, ट्रम्पले पनि आफू कुनै पनि हालतमा चुनाव लड्ने बताइरहेका छन्।
चुनावमा मत माग्दा नैतिक प्रश्नहरूको सामना गर्नुपर्ने र मतदातालाई आकर्षित गर्ने विषय भने प्रभावित हुनसक्ने छन्। राष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक सबै योग्यता ट्रम्पसँग छन्।
यहाँको राष्ट्रपति बन्न अमेरिकामा नै जन्मिएको, ३५ वर्ष नाघेको र पछिल्लो १४ वर्ष अमेरिकामा बसोबास गरेको हुनुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
