ट्विटरले क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, कतिपय भारतीय पत्रकार र सांसदहरूसहित १२० जनभन्दा बढीको ट्विटर अकाउन्ट ब्लक गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचकहरूका ट्विटर अकाउन्ट ब्लक गर्ने क्रम बढेपछि ट्विटरमाथि त्यहाँ सरकारको पक्षमा सेन्सरसीप गरेको आरोप लागेको छ। भारत सरकारको दबावमा ट्विटरले आलोचकहरूका अकाउन्ट ब्लक गरिरहेको आरोप लागेको हो।
केही सातायता मात्रै चर्चित पत्रकार, राजनीतिक नेता र अभियन्ताहरूलाई ट्विटरले ब्लक गरेको द गार्डियनले जनाएको छ। बीबीसी पन्जाबी सेवाको ट्विटर ह्यान्डल समेत ब्लक गरिएको छ।
पन्जाबका पृथकतावादी शिख नेता अमृतपाल सिंहको खोजी गर्न हजारौँ प्रहरी परिचालन गरिँदा त्यस क्षेत्रका इन्टरनेट सेवा केही दिन पूर्णरूपमा अवरूद्ध गरिएको थियो। त्यसपछि इन्टरनेट अवरुद्ध गर्ने कार्यमा संलग्नहरूलाई ट्विटरबाट हटाउन भारत सरकारले सूचना नै जारी गरेको थियो।
लगत्तै ट्विटरले भारतीय मूलका क्यानडियन राजनीतिक नेता जगमित सिंह, क्यानेडियन कवि रूपी कौर, पत्रकारहरू र भारतीय सांसदहरूसहित १२० जनाभन्दा बढी व्यक्तिको ट्विटर अकाउन्ट ब्लक गर्न सहमति जनाएको थियो।
टोरन्टोस्थित बाज न्युजका सहसंस्थापक जस्करन सन्धु भन्छन्, “भारत सरकारले कठोर नियम लागू गरेको छ, शिखसहित सबै अल्पसंख्यक समुदायका मानिसप्रति दमन भइरहेको छ। ट्विटरको यो कदम स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारहरू आक्रमणमा परेको अर्को उदाहरण हो। एउटा दुईटा ट्विट मात्र होइन, मेरो सिंगो अकाउन्ट नै भारतमा प्रतिबन्ध लगाइएको छ। तर यसप्रति ट्विटर मौन बसेको छ।”
बाज न्युजले भारतका शिख डायस्पोराका विषयवस्तुलाई जोड दिन्छ।
यता, अमेरिकास्थित एक गैरनाफामूलक संस्था फ्रिडम हाउसले मोदी सरकारमाथि 'भारतलाई निरंकुशतातर्फ लगिरहेको' आरोप लगाएको छ। सन् २०२१ को स्वतन्त्र भारत अहिले ‘आशिंक स्वतन्त्र’ बनेको संगठनको आरोप छ।
भारतमा हुने घृणा अपराधहरू ट्र्याक गर्ने अमेरिकास्थित साइट हिन्दुत्व वाचका संस्थापक रकिब हमीद नाइकले भारतमा अहिलेको अवस्था निकै चिन्ताजनक रहेको बताए। “बहुराष्ट्रिय कम्पनीहरूले निरंकुश मोदी प्रशासनसमक्ष पूर्ण रूपमा आत्मसमर्पण गरेका छन्। भारतमा ट्विटरको कदम भनेको आलोचक, मिडिया र विश्वभरबाट असहमति जनाउने सबैलाई चुप लगाउने चिन्ताजनक प्रवृत्ति मौलाएको छ,” उनले भनेका छन्।
भारतमा ट्विटर अकाउन्टहरूमाथि लागेको सेन्सरसीपबारे ट्विटरका सिइओ एलन मस्कले ट्विट गरेका छन्। उनले भनेका छन्, “टेस्ला, स्पेसएक्ससहित विभिन्न संगठनहरू सम्हालिरहेको अवस्थामा विश्वभर ट्विटरका सबै पक्षको समस्या रातारात समाधान गर्न संभव हुँदैन।”
गत अक्टोबरमा ट्विटरका नयाँ मालिक बनेलगत्तै मस्कले ट्विटरका भारतीय कर्मचारीको संख्या ९० प्रतिशतसम्म कटौती गर्ने जनाएका थिए। अमेरिका र जापानपछि ट्विटरको सबैभन्दा ठूलो बजार भारत हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
