तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।
अफगानिस्तानमा तालिवानले महिलाहरूलाई संयुक्त राष्ट्रसंघमा काम नगर्न निर्देशन दिएको छ। तालिवानले लिखित पत्राचार नगरी मौखिक रूपमा सूचना जारी गर्दै अफगानी महिलाहरूलाई संगठनमा काम नगर्न निर्देशन दिएको राष्ट्र संघले जनाएको छ।
तालिवानको निर्देशन ‘अस्वीकार्य र कल्पना बाहिर’को कार्य भन्दै राष्ट्रसंघले आपत्ति जनाएको छ। राष्ट्रसंघले अफगानी कर्मचारीहरू महिला र पुरूष सबैलाई ४८ घण्टासम्म काममा रिपोर्ट नगर्न भनेको छ। तालिवानसँगको छलफलपछि मात्र यो विषय स्पष्ट हुने भन्दै राष्ट्रसंघले कर्मचारीहरूलाई यस्तो बताएको हो।
नयाँ प्रतिबन्ध विदेशी महिलाहरूको हकमा भने लागू नहुने बताइएको छ। यदि अन्य महिलामा पनि यस्तै प्रतिबन्ध कार्यान्वयन भए यसले तालिवान सरकार र राष्ट्रसंघबीचको सम्बन्ध तथा अफगानिस्तानमा राष्ट्रसंघकै भविष्यमाथि महत्वपूर्ण प्रश्न खडा गर्ने बीबीसीले उल्लेख गरेको छ।
यूएनका प्रवक्ता चावा कोरोसी भन्छन्, “सहयोगी संगठनको काममा बाधा पुर्याउने र सहयोगको खाँचो पर्नेहरूसँगको पहुँचका लागि आवश्यक माध्यममा अवरोध भइरहेको छ। राष्ट्रसंघले महिला कर्मचारीबिना जीवन रक्षक सहयोगको पहुँच बिस्तार गर्न सक्दैन।”
अफगानिस्तानमा जमिनमार्फत बिस्तार गरिने सहायता कार्यक्रममा महिलाहरूको सहभागिता महत्वपूर्ण हुन्छ। विशेषगरी आवश्यकताको खाँचो परेका महिलाहरूको पहिचान र पहुँचमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ। आर्थिक र मानवीय संकटले ग्रस्त अफगानिस्तानका २ करोड ३० लाख मानिसमा मानवीय सहायता उपलब्ध गराउने कार्यमा राष्ट्रसंघ जुटिरहेको बीबीसीले जनाएको छ।
राष्ट्रसंघका अनुसार पूर्वी नानगरहार प्रान्तमा स्थानीय तालिवानले मंगलबार अफगानी महिलाहरूलाई राष्ट्रसंघमा काम गर्न जान दिएका थिएनन्। प्रतिक्रियामा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भनेका थिए, “हाम्रा अफगानी चेलीहरूलाई राष्ट्रसंघका काम गर्न प्रतिबन्ध लगाइएको विषयको निन्दा गर्दछु। यो नियम तत्काल फिर्ता नलिए त्यसले अफगानिस्तानमा जीवन रक्षक सहायताको खाँचो परेकालाई प्रदान गर्ने हाम्रो क्षमतालाई समेत स्वतः कमजोर बनाउनेछ।”
यसअघि पनि तालिवानले महिलालाई अन्तर्राष्ट्रिय तथा गैरसरकारी कार्यालयहरूमा काम नगर्न निर्देशन दिएको थियो। यस्तै, महिलालाई पार्कमा जान, बालिका, किशोरी र महिलाहरूलाई विद्यालय र विश्वविद्यालयमा पढ्न राेक, घरबाहिर जाँदा परिवारको पुरूष सदस्यलाई साथमा लैजानुपर्नेजस्ता प्रतिबन्ध लागू भइसकेका छन्।
सन् २०२१ मा सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता हत्याएको तालिवानले त्यसयता महिलाका हक अधिकारमाथि अकुंश लगाउँदै आएको छ। मुस्लिम कानून (शरिया) लागू गर्ने संकेत देखाएको तालीवानले महिलाका अधिकारहरूमाथि बन्देज लगाइरहेको छ। शिक्षा, काम र सार्वजनिक स्थानमा महिलाका गतिविधिमाथि बन्देज लगाउँदै आधारभूत अधिकार र स्वतन्त्रताबाट बञ्चित गराइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
