परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री छिन काङबीच बेइजिङमा भेटवार्ता भएको छ।
काठमाडौँ– नेपालका परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री छिन काङबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको छ।
परराष्ट्रसचिव पौड्याल र चिनियाँ परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर छिनले बेइजिङमा भेटवार्ता गरेको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।
दुई देशका प्रतिनिधिबीच नेपाल–चीनको आपसी सम्बन्ध र सहकार्य बढाउने, विकास साझेदारी, व्यापार, लगानी र पर्यटनसहित भ्रमण आदानप्रदानजस्ता विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर कार्कीसहित दुवै देशका परराष्ट्र मामिलाका वरिष्ठ अधिकृतहरू पनि भेटवार्तामा सहभागी भएको बताइएको छ।
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औँ बैठक शुक्रबार बेइजिङमा हुँदैछ। सोही बैठकमा सहभागी हुन परराष्ट्रसचिव सहितको नेपाली टोली बुधबार बेइजिङ पुगेको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
