काेलकत्ताकाे घरेलु मैदान इडन गार्डेनमा २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भएकाे थियाे।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले कोलकत्ता नाईट राइडर्ससँग लज्जास्पद हार बेहोरेको छ।
बिहीबार राति घरेलु मैदान इडन गार्डेनमा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो। २०५ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोर १७.४ ओभरमा १२३ रन बनाएर अलआउट भयो।
बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले १२ बलमा २ छक्का र २ चौका प्रहार गर्दै २३ तथा विराट कोहलीले १८ बलमा २१ रन बनाए। यस्तै माईकल ब्रेसवेलले १९, डेबिड विल्लीले २० र आकाश दिपले १७ रन बनाए।
कोलकत्ताका वरुण चक्रवर्तीले ४ र सुयश शर्माले ३ विकेट लिए। यस्तै सुनिल नारेनले २ तथा शार्दुल ठाकुरले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो।
कोलकत्ताका शार्दुल ठाकुर र रहमानुल्लाह गुर्वाजले अर्धशतकीय ईनिङस् खेले। ठाकुरले २९ बलमा ९ चौका र ३ छक्कासहित ६८ रन बनाए। गुर्वाजले ४४ बलमा ६ चौका र ३ छक्कासहित ५७ रन बनाए। रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए।
कोलकत्ताका डेबिड विल्ली र कर्ण शर्माले समान २/२ विकेट लिए। हर्षल पटेल, मोहम्मद सिराज र माईकल ब्रेसवेलका नाममा समान १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
