टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।
टीकापुर– कैलालीको टीकापुरमा शनिबारदेखि पहिलो पटक ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ। टीकापुर साहित्य समाजले उक्त महोत्सव आयोजना गरेको हो।
टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ। छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुंगो लागिसकेको समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए।
महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा. सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुति रहनेछ। महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन्। महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
एक लाख रुपैयाँ राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ। उक्त पुरस्कार टीकापुर योजनाबद्ध शहरका परिकल्पनाकार पूर्वमन्त्री स्व खड्गबहादुर सिंहको सम्झनामा स्थापना गरिएको हो। वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी शैक्षिक क्षेत्रमा योगदान दिएका थिए।
यस्तै ५० हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ। सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवर्द्धन गरेकाले चौधरीलाई प्रदान गर्न लागिएको हो।
यस्तै २५ हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याएका प्रवेश रावललाई दिइने भएको छ। स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले टीकापुरलाई चिनाउने कार्यक्रम आयोजना गरिएकामा खुशी व्यक्त गरे। साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले साहित्य कार्यक्रम आयोजना गरिएको हो।
सो अवसरमा चिसापानीदेखि टीकापुर उद्यानसम्म कर्णाली नदीमा र्याफ्टिङको व्यवस्थासमेत गरिएको छ। साहित्य महोत्सव अब हरेक वर्ष आयोजना हुने अध्यक्ष शाहले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
