ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ।
चीनले दुई वटा अमेरिकी संगठनमाथि चीनले प्रतिबन्ध लगाएको छ। वासिंटनमा मुख्यालय रहेको थिंक ट्याक हडसन इन्स्टिच्युट र क्यालिफोर्नियास्थित रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि प्रतिबन्ध लगाएको हो।
ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका यी दुई अमेरिकी संस्थालाई चीनले प्रतिबन्ध लगाएको हो। अब यी संस्थाहरूले चीनमा रहेका कुनै पनि संस्था र चिनियाँ नागरिकसँग सहकार्य तथा कुनै प्रकारको कारोबार गर्न नपाउने सीएनएनले उल्लेख गरेको छ।
साथै, यस संस्थामा नेतृत्व तहका प्रमुख व्यक्तिलाई चीन प्रवेशमा रोक लगाइएको छ। उनीहरूले चीनका कुनै संगठन र व्यक्तिसँग कारोबार गर्न नपाउने र चीनमा रहेका त्यस संघका सबै सम्पत्ति रोक्का हुने चीनले विज्ञप्तिमार्फत जनाएको सीएनएनले लेखेको छ।
“यी संस्थाले ताइवानी राष्ट्रपति साईको पृथकतावादी गतिविधिमा सघाएको र यस कार्यले चिनियाँ सार्वभौमिकता र भौगोलिक अखण्डतामा हानि पुर्याएको छ, ” चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
मध्य अमेरिकी मुलुकको १० दिने भ्रमणका क्रममा ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख केभिन म्याकर्थीलाई भेटेकी थिइन्। ताइवानी राष्ट्रपतिले अमेरिकी भूमिमा पुगेर त्यहाँका सभामुखलाई भेटेको यो पहिलो घटना हो। उनीहरूको भेट रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरी परिसरमा भएको थियो। यस्तै, गत साता हडसन इन्स्टिच्युटले न्युयोर्कमा ताइवानी राष्ट्रपति साईलाई ‘ग्लोबल लिडरसीप अवार्ड’ले सम्मानित गरेको थियो।
ताइवानी राष्ट्रपतिलाई अमेरिका नजान र कुनै पनि अमेरिकी नेतालाई नभेट्न चीनले चेतावनी दिएको थियो। यसो गरे परिणाम राम्रो नहुने यसविरुद्ध कडा कदम चालिने चीनको चेतावनी थियो।
चिनियाँ चेतावनीका बावजुद साई अमेरिका पुगेर सभामुख म्याकर्थीलाई भेटेकी थिइन्। ताइवानलाई आफ्नो देशको एक भूभाग बताउने चीनले आवश्यक परे बलपूर्वक आफ्नो देशमा गाभ्ने चेतावनी दिँदै आएको छ।
तर, ताइवानले आफू एक स्वतन्त्र राष्ट्र भएको दाबी गर्दैै चीनविरुद्ध लड्नु परे पनि पछि नहट्ने अडान लिँदै आएको छ।
यता, अमेरिकाले स्वतन्त्र र सार्वभौम देशको रक्षाका लागि अन्तिमसम्म साथ दिने बताउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
