'ए' डिभिजन लिगमा मनाङ फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने जावलाखेल र खुमलटारले बराबरी खेल्दै अंक बाँडेका छन्।
काठमाडौँ– मनाङ मर्स्याङ्दी फुटबल क्लब शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लब कुपण्डोललाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। मनाङका लागि दुवै गोल फरवार्ड कोफी कोउडोले गरे।
खेलको ३३औँ मिनेटमै मनाङले अग्रता लिएको थियो। कोफीले डिबक्स बाहिरबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो। ५२औँ मिनेटमा कोफीले नै अर्को गोल थपे। सुमित श्रेष्ठले दिएको पासलाई कलेक्ट गर्दै उनले फ्रेन्ड्सका गोलरक्षक विशाल श्रेष्ठ र डिफेन्डरहरू बिट भइसकेको अवस्थामा करिब ६ यार्डबाट गरेको प्रहार सिधै गोल भएको थियो।
जितसँगै मनाङ ६ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। मनाङले ४ जित २ बराबरी खेलेको छ। मनाङ हालसम्म अपराजित रहेको छ। यता, फ्रेन्ड्स क्लबको यो चौथो हार हो। फ्रेन्ड्सले समान खेलमा १ जित र १ बराबरी खेलेको छ।
फ्रेन्ड्स अंक तालिकामा १२औँ स्थानमा छ।
खुमलटारसँग रोकियो जावलाखेल
शुक्रबार नै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा खुमलटार एफसीसँग जावलाखेल युथ क्लब २-२ गोलको बराबरीमा रोकिएको छ।
खुमलटारका अभिषेक लिम्बू र मेसुउके ओलोउमोउले गोल गरे। यता, जावलाखेलका लागि एन्कोटो मसोआबी र फोडे फोफनाले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो।
खेलको ३३औँ मिनेटमा मसोआबीले जावलाखेललाई शुरूआती अग्रता दिएका थिए। तर, त्यसको दुई मिनेटपछि नै अभिषेकले गोल गर्दै खेल बराबरीमा ल्याए।
६३औँ मिनेटमा मेसुउकेले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए। तर, ८६औँ मिनेटमा फोडेले गोल गर्दै १ अंक खोसे।
बराबरीसँगै जावलाखेलले ७ खेलबाट १४ अंक जोडेको छ। मनाङसँग समान अंक भए पनि जावलाखेल अंक तालिकामा गोल अन्तरले पछि पर्दै दोस्रो स्थानमा रहेको छ।
जावलाखेलले ४ जित, २ बराबरी र १ हार बेहोरेको छ। खुमलटार समान ७ खेलबाट ७ अंक जोड्दै ९औँ स्थानमा छ। खुमलटारले २ जित, १ बराबरी र ४ खेलमा हार बेहोरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
