बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन नसकिएको बताएका छन्।
काठमाडौँ– अति विपन्न परिवारलाई अझै पनि बिमाको दायरामा ल्याउन नसकिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।
सातौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा बोर्डले शुक्रबार टेकुस्थित स्वास्थ्य जनस्वास्थ्य प्रयोगशालामा गरेको अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन नसकिएको बताएका हुन्।
उनका अनुसार चैत १५ गतेसम्ममा नेपालका १९ लाख ९४ हजार ३३८ परिवारका ६४ लाख ५४ हजार ७७२ जनाले बिमा गरेका छन्। यीमध्ये ४ लाख ९८ हजार ७२२ जना अति गरिब रहेको उनले बताए। तर बिमाको कार्यक्रममा भने यीबाहेकका अन्य गरिब परिवारका सदस्यहरूलाई समेट्न नसकिएको उनले सुनाए।
“बिमामा सहभागी भएका झन्डै ५ लाख परिवार यकिन गरिएको छ। तर यसमा २६ वटा जिल्लाका गरिबको पहिचान हुन सकेको छैन,” उनले भने।
बोर्डले विपन्नलाई लक्षित गरेर वार्षिक बजेट छुटाउने गरेको छ। यस वर्ष २ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ विपन्न कार्यक्रममा लागि छुटाएको छ। त्यस्तै, जसमध्ये चैत १५ गतेसम्ममा १ अर्ब ९१ करोड ७५ लाख १९ हजार ९९५ रुपैयाँ खर्च भइसकेको छ।
“विपन्न नागरिक औषधि उपचार कार्यक्रममा भुक्तानी कार्य भइरहेको छ तर व्यवस्थापकीय कामका लागि थप जनशक्ति व्यवस्था हुन सकेको छैन,” उनले भने, “विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको छ।”
बोर्डका अनुसार अहिले देशका ७७ वटै जिल्लामा बिमाको कार्यक्रम लागू भएको छ भने ७४८ वटा स्थानीय तहमा बिमा विस्तार भएको छ। त्यस्तै, उपत्यकाका काठमाडौँ र ललितपुर महानगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न गाह्रो भइरहेको र अस्पतालको फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको समेत बोर्डले जनाएको छ ।
बोर्डले यो वर्ष बिमाका लागि १७ अर्ब ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये चैत १५ गतेसम्ममा ९ अर्ब ९७ लाख ३१ हजार २० रुपैयाँ खर्च भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
