शनिबार देशभर ३५७ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ जना आईसीयूमा र १५ जना संस्थागत आइसोलेसनमा छन्।
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो २४ घण्टाको कोरोना संक्रमणको स्थितिसम्बन्धी विवरणमा १ हजार १७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण देखिएको हो। शुक्रबार १ हजार ६३५ नमुनामा परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
यो अवधिमा एआरटी पीसीआर विधिबाट १६८ नमुनाको र एन्टिजेन विधिबाट १ हजार २ जनाको परीक्षण गरिएको थियो। देशभर शनिबार दुई बजेसम्म ३५७ जना सक्रिय संक्रमित छन्। तीमध्ये आठ जना आईसीयूमा भर्ना छन्। १५ जनालाई संस्थागत आइसोलेसनमा राखिएको छ। शनिबार कोरोना संक्रमणमुक्त भएर ५७ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ। कोरोनाविरुद्धको खोप नलाएका सबैलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोपबारे जानकारी लिएर आवश्यकताअनुसार खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ। लक्षण देखिनेबित्तिकै परीक्षण गराएर आइसोलेसन बस्न आग्रह गरेको छ।
नेपालमा कोरोना भाइरसमा हुने अणुवांशिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको २४ वटा नमुना परीक्षणमा सबैमा कोरोनाको ओमिक्रोन भेरिअन्टका सवभेरिअन्टहरू पुष्टि भएका थिए। केही दिनेयता छिमेकी देश भारतमा कोरोनाको ओमिक्रोन भेरिअन्टको सवभेरिअन्ट एक्सबीबी१.१६ को संक्रमण फैलिएको छ। यो सवभरिअन्ट तीव्र रूपमा प्रसार हुने भएकाले नेपाल–भारत सीमा क्षेत्रमा जोखिम बढेको छ।
मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, खोप लगाउन, बेलाबेलामा साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्न र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
