एमाले अध्यक्ष केपी शर्मा ओली संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा संसदीय समितिमा लैजानुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक समितिमा नगईकन नटुंगिने बताएका छन्। शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए। “सदनका काम कारबाहीको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढंगले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ" उनले भने। उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कुनै न कुनै हिसाबले संसदीय समितिमा लगेर छलफल गरेर पारित गर्नुपर्ने बताए।
शनिबार दिउँसो सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहभागी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
