पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार विष्ट विजयी

शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विष्ट ८४१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए। 

काठमाडौँ– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्।

शनिबार भएको निर्वाचनमा ८४१ मत ल्याएर विष्ट निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए।

दुई हजार ६७९ मत खसेकामा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामाले ३४६ मत प्राप्त गरे। नेविसंघ इकाई उपाध्यक्ष रहेका विष्टले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै, सचिव र कोषाध्यक्षमा अनेरास्ववियुका अविनाश भण्डारी र तिलकबहादुर कुमाल निर्वाचित भएका छन्।