सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल कैलाली पुगेका छन्। सो क्रममा गोदावरी नगरपालिकास्थित भट्टको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।
आइतबार बिहान कैलालीको गोदावरी नगरपालिकास्थित भट्टको निवासमा दुई नेताबीच भेटवार्ता भएको हो। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन्।
सो क्रममा प्रधानमन्त्री दाहालले चियानास्ता लिएका थिए। भट्टको घरबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले उक्त घरसँग ४० वर्ष पुरानो सम्बन्ध रहेको बताए।
“यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ। यहाँ म बस्ने एउटा कोठा छ। जहाँ मैले खाने बस्ने गर्थेँ,” उनले भने, “त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो। बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भयो।”
पूर्वमाओवादी धारका नेता भट्ट नेकपा विभाजनको बेलामा एमालेमै बसेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
