देशभर ३९६ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार जनाको भेन्टिलेटर र सात जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १३ जना संस्थागत आइसोलेसनमा छन्।
नेपालमा दैनिक कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा घटबढ भइरहेको छ। गत शुक्रबार सय हाराहारीमा संक्रमित देखिएकोमा शनिबार र आइतबार संक्रमितको संख्या घटेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न जारी गरेको पछिल्लो २४ घण्टाको कोभिड–१९ संक्रमितको विवरणमा थप ५५ जनामा संक्रमण देखिएको उल्लेख छ।
अघिल्लो दिन शनिबार १ हजार १७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै, शुक्रबार १ हजार ६३५ नमुनामा परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
आइतबार मन्त्रालयले जारी गरेको तथ्यांकमा संक्रमितको संख्या घटेको देखिएको हो। यो अवधिमा आरटी–पीसीआरबाट ६७१ र एन्टिजेन विधिबाट ५४५ गरी कूल १ हजार २१६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको छ। आरटी–पीसीआरबाट ५० र एन्टिजेन परीक्षणका क्रममा पाँच जनामा संक्रमण देखिएको हो।
देशभर ३९६ जना सक्रिय संक्रमित छन्। तीमध्ये चार जनाको भेन्टिलेटर र सात जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने १३ जना संस्थागत आइसोलेसनमा छन्।
नेपालमा कोभिड–१९ संक्रमण शुरू भएयता १२ हजार २० संक्रमितले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयले बढ्दो कोभिड–१९ संक्रमणबाट सचेत रहन र भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, खोप लगाउन, बेलाबेलामा साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्न र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
