रास्वपा सभापति लामिछानेले बाराको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले अडियोमा उल्लेख गरेका आफू वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरेका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसदले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियोबारे सार्वजनिक प्रतिक्रिया दिएका छन्। रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
बाराको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठमाथि ७२ घण्टाभित्र सत्यतथ्य छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताएका छन्। उनले छानबिन प्रक्रिया पूरा नहुँदासम्म श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले काम नगर्न निर्देशन दिएको पनि बताए।
देशमा भ्रष्टाचारका मुद्दा लामो समयदेखि अड्किएको उल्लेख गर्दै उनले आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको तत्कालै निराकरण गरिने बताए। “तपाईंलाई म स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारका विषयमा हाम्रो भनाई, गराई सबै एउटै हुन्छ चाहे जसले गरोस् कुनै सरोकारको विषय होइन,” उनले भने।
त्यस्तै, रास्वपाले विज्ञप्ति जारी गर्दै मेडिकल व्यवसायी प्रसाईं र सांसद श्रेष्ठबीचको टेलिफोन संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको र छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न/नगराउन भनिएको उल्लेख छ। "केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ," विज्ञप्तिमा उल्लेख छ।
चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूले दिएको समयभित्र सत्यतथ्य छानबिन गरेर दोषीलाई जसरी पनि कारबाही गर्ने प्रतिबद्धता गरेका छन्। “मैले दिएको ७२ घण्टामध्ये ७० घण्टा बित्यो अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न सकिने भने मलाई यही गढीमाईमा बलि दिनुहोला,” उनले भने। अडियोमा उल्लेख भएका आफ्ना वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरे।
सार्वजनिक अडियोमा सांसद श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष लामिछानेलाई सो रकम बुझाउनुपर्नेसमेत बताएका छन्। सिधै रविले पैसा मागेको वा नमागेको स्पष्ट नगरेका श्रेष्ठले रविनजिकका दुई तीन जनाले ‘दुई अढाई करोड व्यवस्था गर्न भनेको’ कुराकानीका क्रममा उल्लेख गरेका छन्।
यो पनि : रास्वपा सांसदले मन्त्री बन्न ‘अध्यक्षलाई बुझाउने’ भन्दै २ करोड मागेको अडियो सार्वजनिक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
