ईशनाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियारले आइतबार १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबीसहित मुद्दा हालेको छ।
काठमाडौँ- रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारको मुद्दा दायर भएको छ। उनीविरूद्ध विशेष अदालतमा डेढ करोड रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो।
अख्तियारले गुप्ताविरुद्ध १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबी गरेको छ। गुप्ताकी पत्नी उषालाई पनि भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। उनीहरूको स्रोत नखुलेको सम्पत्तिबाट बढेको वा बढाइएको सबै चलअचल सम्पत्ति पनि जफत हुने मागदाबी अख्तियारले जनाएको छ।
गुप्ता २०५१ वैशाख २९ गते सरकारी सेवा प्रवेश गरेका थिए। उनीविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी परेको थियो। त्यसपछि अख्तियारले गुप्ताको २०७९ जेठ २५ सम्मको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
