संघीय संसद्‍का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्‍अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।

काठमाडौँ- संघीय संसद्‍अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। संसद सचिवालयका अनुसार दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  २०७८/७९ पेश गर्ने कार्यसूची छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक  २०७८ मा विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। 

राष्ट्रियसभामा प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३२औँ प्रतिवेदन, २०७८/७९ पेश गर्ने कार्यसूची छ। 

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ।