सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।
काठमाडौँ– झापाको गौरादह नगरपालिका–७ जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो।
सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।
६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँच वटा फिडर लाइनहरू निकालिएको छ। सबस्टेसनबाट ११ केभीको गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ।
सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ। पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने विद्युत् प्राधिकरणले जनाएको छ।
हाल गौरादह, जुरोपानी, महारानी, गौरीगञ्ज लगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो। ११ केभी वितरण लाइन लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ लगायतका समस्या थियो।
जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरूले अहिले बेहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए। नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
