कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनका लागि मंगलबार बेलुकासम्म सदस्यको नाम पठाउने सहमति गरेको छ।
काठमाडौँ– प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ। सोमबार बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकमा अबको एक/दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने सहमति भएको हो।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठकको कार्यसूचीको विषयमा छलफल गरेको बताए। उनले नयाँ संसद्पछि हालसम्म २० वटा बैठक बसिसके पनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको उल्लेख गरे।
उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नै सबै दलहरूलाई मंगलबार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताए। उनले नेकपा एमालेले पनि मंगलबार बेलुकासम्म समितिका लागि सदस्यहरूको नाम पठाउने स्पष्ट पारे। “भोलि बेलुकासम्म हामी हाम्रो दलको तर्फबाट नाम पठाउनेछौँ। अबको एक/दुई दिनभित्र विषयगत समिति बनाउने कुरा करिब टुंगो लागेको छ,” उनले भने।
सचेतक बर्तौलाले संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
