रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको विषयमा माफी मागेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएको विषयमा माफी मागेको छ।
एक मेडिकल व्यवसायीसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ विवादमा मुछिएका छन्। उनले स्वास्थ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो।
सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठ मुछिएको अडियो प्रकरणका सम्बन्धमा पार्टीका तर्फबाट माफी मागेका हुन्।
“सभामुखमार्फत माननीय प्रतिनिधिसभा सदस्यहरूलाई हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति क्षमाप्रार्थी चाहन्छौँ,” उनले भने, “यो सम्मानित संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा हामी अक्षुण्ण रहनेछौँ।”
प्रमुख सचेतक परियारले छानबिनका लागि पार्टीले समिति बनाएको जानकारी दिए। उनले सांसद श्रेष्ठ दोषी भेटिए उनलाई आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। उनले सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए। उनले आफ्नो सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे।
‘संसदीय समिति बनाइ छानबिन गर्न माग’
त्यस्तै, नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अडियो प्रकरणमा मुछिएका श्रेष्ठमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।
“संसद्भित्रको एउटा प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा, भ्रष्टाचारको सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्नु हुँदैन। त्यस कारणले आजैको दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु,” उनले भने।
त्यस्तै, उनले सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
