बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखिएको दाबी गरेका छन्।
नेपाल चेम्बर अफ कमर्सको ७२औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व संकलनमा वृद्धि, पुँजीगत खर्चमा सुधार देखिएको बताएका हुन्। अर्थतन्त्रमा केही सुधार देखिए पनि ‘ट्र्याक’मा भने आई नसकेको दाहालको भनाइ छ।
“कम्तिमा १० महिनालाई पुग्ने गरी विदेशी विनिमय सञ्चिती रहेको छ। पछिल्लो समय उल्लेख्य रूपमा राजश्व संकलन हुन थालेको छ” प्रधानमन्त्री दाहालले भने, “बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ। यसको समाधानका लागि पनि पहल भइरहेको छ।”
आगामी बजेटमा केही नयाँ र गुणात्मक प्रकृतिका परियोजनालाई अगाडि बढाइने प्रधानमन्त्री दाहालको दाबी छ। “परम्परागत प्रकृतिको नीति कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। सरकारले यो पटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, केही गुणात्मक नीति कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ। जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्,” उनले भने।
बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताए। “राजश्व संकलन हालसम्म केवल ४५ प्रतिशतमा सीमित रहेको छ । राजश्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था सिर्जना हुनु मुलुकका लागि सुखद संकेत होइन,” अध्यक्ष मल्लले भने, “आर्थिक गतिविधि विस्तार गरी राजश्व लक्ष्य वृद्धि गर्नु आजको आवश्यकता हो।”
सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनका लागि बिल लिने दिने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
