पुलिस क्लबले 'ए' डिभिजन लिगमा फ्रेन्ड्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ भने अर्को खेलमा चर्च ब्वाइज र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।
काठमाडौँ– विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा पहिलो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
पुलिसको जितमा बुद्धबल तामाङले दुई र विदेशी खेलाडी मोसेस टिवुनले एक गोल गरे। फ्रेन्ड्सका टोरिक जेब्रिनको गोल सान्त्वना रह्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, ५१ मिनेटमा पुलिसले अग्रता लियो। पुलिसका लागि डेब्यू खेल खेलेका मोसेसले गोल गरे।
त्यसको सात मिनेटपछि नै बुद्धबलले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए। ८७औँ मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने संकेत दिएका थिए।
तर, ९०औँ मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ गोल अन्तरको जित दिलाए।
पुलिसले ७ खेलबाट ४ अंक जोडेको छ। यस जितसँगै पुलिस पुछारबाट १३औँ स्थानमा उक्लिएको छ। समान खेलबाट ४ अंक नै जोडेको फ्रेन्ड्स पुछारमा पुगेको छ।
चर्च ब्वाइज र एपीएफको बराबरी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।
यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ। एपीएफले समान खेलमा ११ अंक जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
