सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कपको उपाधि जितेको छ।
काठमाडौँ– बलियो नेपाल कप अन्तर एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो।
कर्णालीले स्टार क्रिकेट एकेडेमीलाई ७३ रनको लक्ष्य दिएको थियो। स्टार क्रिकेट एकेडेमीले उक्त लक्ष्य केबल ९.५ ओभर खेल्दै ३ विकेट गुमाउँदै पूरा गर्यो। स्टार क्रिकेट एकेडेमीका लागि ओपनर अनमोलले ३० बलमा २५ रन बनाए।
कप्तान अमर मिश्रले केबल ९ बलमा २२ रन बनाए। विशाल भुसालले ८ रन र अंकित बिएमले अविजित १५ रन बनाए। कर्णालीका सन्दीप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १/१ विकेट लिए।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै केवल ७२ रन बनायो। कर्णालीका विराट भण्डारीले २७ बल खेल्दै सर्वाधिक १५ रन बनाए।
रोशनले व्यक्तिगत १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। स्टारका लागि सुमित पराजुलीले ४ ओभरमा १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए। त्यस्तै, शुभम् खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए।
फाइनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित अर्याल भए। यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराटसिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र भए।
प्रतियोगिताको विजेता टोलीले जनही ५० हजार, तथा उपविजेता टोलीले २५ हजार प्राप्त गरे। उत्कृष्ट ब्याटर र बलरले समान सात हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
