इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।
इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ। ग्रिसलाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बिक्री गर्ने सम्झौतापत्रमा इजरायलले सोमबार हस्ताक्षर गरेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ।
सम्झौताबारे इजरायलको सरकारी स्वामित्वको हतियार निर्माता कम्पनी राफेलका प्रमुख कार्यकारी याओभ हर इभेन भन्छन्, “इजरायलमा निर्मित क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ग्रिक सेनाको क्षमता र सञ्चालन बिस्तारमा सहयोग पुग्ने छ। निकट भविष्यमा रणनीतिक सहकार्य हुनेमा पनि आशावादी छौँ।”
उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को नयाँ सदस्य राष्ट्र फिनल्यान्डसँग हालै भएको सुरक्षा सम्झौतालगत्तै इजरायलले ग्रिसलाई सुरक्षा प्रणाली बिक्री गर्ने घोषणा गरेको अल जजिराले जनाएको छ।
फिनल्यान्डले हालै अमेरिका र इजरायलमा निर्मित लामो दूरीको हवाई रक्षा प्रणाली, डेभिड्स स्लिङ खरिद गर्न इजरायलसँग ३४५ मिलियन डलरको सम्झौता गरिसकेको छ। स्लिङ विशेष गरी ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्रहरूलाई निष्क्रिय पार्ने निर्माण गरिएको प्रणाली हो।
सैन्य गुटउपगुटमा नलाग्ने ७० वर्षदेखिको अडान तोड्दै फिनल्यान्ड यस वर्षदेखि नेटोमा आबद्ध भएको थियो। नेटोमा आबद्ध भएको भोलिपल्ट नै फिनल्यान्डले यस्तो सम्झौता गरेको थियो।
इजरायलले ग्रिस र फिनल्यान्ड दुवै देशसँग भएको सम्झौताले आपसी निकटता र सुरक्षा सहकार्य बढाउने विश्वास व्यक्त गरेको छ। इजरायल विश्वमा सबैभन्दा बढी सुरक्षा प्रणाली निर्यात गर्ने देशका रूपमा उदाइरहेको अल जजिराले उल्लेख गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
