सुदूरपश्चिमका सबै जिल्लामा लोककथा संकलन भइरहेको विश्वविद्यालयले जनाएको छ। सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा संकलन गरेर प्रकाशन गर्न लागिएको हो।
दोधारा चाँदनी– सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ।
विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यलाई अघि बढाउन संकलन गर्न लागेको बताए।
“यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ,” उनले भने, “लोककथा संकलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ।" सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा. हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्ने बताए।
“सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा प्रकाशनको चरणमा छन्,” उनले भने, “कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ।” लोककथा स्थानीय र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन्। धर्म, संस्कृति रीतिरिवाज हिजो कस्तो थियो भनेर कथाका माध्यमबाट सन्देश दिन खोजेको डा. भट्टको भनाइ छ।
विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्त्वको समेत अध्ययन गर्न लागेको छ। साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा संकलन कार्य सकारात्मक रहेको बताए। “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितका जनश्रुति निहित हुन्छन्,” उनले भने, “यसले लोकजीवनलाई बुझ्न सहज हुन्छ।”
सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी अध्ययन अनुसन्धानलाई प्रथमिकतामा राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
