प्रतिनिधिसभा सदस्य श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद आइतबार बाहिरिएको थियो।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक मंगलबार बस्दैछ।
प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन संवाद सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न बैठक बस्न लागेको हो।
बैठक मध्यान्ह १२ बजे पार्टी कार्यालयमा बस्नेछ। बैठकले श्रेष्ठ र प्रसाईंबीचको अडियो र श्रेष्ठले बुझाएको स्पष्टिकरणमा छानबिन गरेर केन्द्रीय समितिलाई कारबाहीका लागि सिफारिस आयोगका एक सदस्यले बताए। “उहाँले फटाइँ गरेको लगभग पुष्टि भइसकेको छ, आजको बैठकले यसमा औपचारिक निर्णय गरेर कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्छ,” उनले भने।
यता श्रेष्ठले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन्। आइतबार बाहिरिएको अडियोमा श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको टेलिफोन कुराकानी समेटिएको छ।
सो कुराकानीका क्रममा श्रेष्ठले आफ्नो पार्टीले सरकारमा स्वास्थ्य मन्त्रालय पाउने भएको र आफू नै स्वास्थ्यमन्त्री बन्न लागेको उल्लेख गर्दै त्यसका लागि दुई करोड रुपैयाँ सहयोग गर्न प्रसाईंलाई आग्रह गरेका छन्। प्रसाईंले आफूले दुई करोड रुपैयाँ व्यवस्था गरिदिने वचन दिएको संवादमा सुनिन्छ।
श्रेष्ठले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई सो रकम बुझाउनुपर्नेसमेत बताएका छन्। सिधै रविले पैसा मागेको वा नमागेको स्पष्ट नगरेका श्रेष्ठले रविनजिकका दुई तीन जनाले ‘दुई अढाई करोड व्यवस्था गर्न भनेको’ कुराकानीका क्रममा उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
