तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई आयआर्जनसँग जोड्न फलफूल खेती गर्ने योजना ल्याएको छ। जसअनुसार चालु आर्थिक वर्षमा विभिन्न जातका फलफूलका एक हजार ५०० वटा बिरुवा रोपिएको छ।
बागलुङ– युवाशक्ति विदेश पलायन भएपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन्। गाउँ सुनसान छन्। स्थानीयहरू रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन्।
यसलाई रोक्न तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई आयआर्जनसँग जोड्न फलफूल खेती गर्ने योजना ल्याएको छ। चालु आर्थिक वर्षमा एक हजार ५०० वटा फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए।
थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनले बताए। पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको हो।
खासगरी बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि अभियान थालिएको अध्यक्ष बुढामगरले जानकारी दिए। “यस वर्ष वडा नं ४ बाट शुरू गरेका छौँ, अर्को वर्ष पालिकाभरि नै लगाउने योजना छ,” उनले भने, “यसको प्रतिफल आउन केही वर्ष लाग्छ। तर, यो स्थानीयका लागि दिगो आम्दानीको स्रोत बन्नेछ।” व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले व्यावसायिक रूपमा फलफूलका बिरुवा लगाएका छन्।
प्राविधिकद्वारा माटो परीक्षण गरी माटो सुहाँउदो बिरुवा लगाइएको छ। हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए। पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा लगाइएको र अब बर्खे सिजनमा लगाउने बिरुवा रोप्ने तयारी भइरहेको पराजुलीको भनाइ छ।
“अमिलो र फलफूल उत्पादन हुनसक्ने हावापानी भएकाले यो प्रयास गरेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
