टीआरसीलगायत विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकमा सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। 

काठमाडौँ– सत्य निरूपण तथा मेलमिलापलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन प्रमुख दल सहमत भएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा बसेको बैठकले संक्रमणकालीन न्यायका विषयहरू सहमतिमा नै टुंगो लगाउने सहमति जुटाएको हो।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए। “टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ। विषय र प्रक्रियामा पुनस् छलफल हुनेछ,” सभामुखको सचिवालयले भन्यो।

अर्को बैठक वैशाख १ गते सिंहदरबारमा बस्ने तय भएको छ।