आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्।
मंगलबार उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकको ब्याजदर कम गर्ने र राजश्व संकलन बढाउनेबारे सरकारका सबै अंगसँग छलफलमा रहेको बताएका हुन्।
आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ। उनले सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि दाबी गरे।
“सरकारले राजश्व संकलन, रेमिटेन्स र अन्य अर्थतन्त्रका सूचकलाई कसरी चलायमान बनाउने भन्नेमा जोड दिइरहेको छ,” प्रधानमन्त्री दाहालले भने, “विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदैछ। झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति हामीसँग छ।”
प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद भएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
