अमेरिकाको केन्टकीमा गोली प्रहार हुँदा ५ जनाको मृत्यु, ९ घाइते

सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।

तस्वीर : रोयटर्स

अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा भएको अन्धाधुन्ध गोली प्रहारमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४० देखि ६४ वर्षका मानिस रहेको बीबीसीले जनाएको छ।

गोली प्रहारमा प्रहरी अधिकारीसहित नौ जना घाइते भएका छन्। सोमबार राति सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए।

गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए। लगत्तै घटनास्थलमा पुगेको र ती बन्दुकधारीबीच पनि गोलीहानाहान भएको प्रत्यक्षदर्शीलाई उद्‌धृत गर्दै बीबीसीले जनाएको छ। जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आक्रमणकारी सोही बैंकका कर्मचारी भएको बताइएको छ। उनले एआर १५ अर्धस्वचालित राइफलबाट गोली चलाएको प्रहरीले जनाएको छ।

घटनाको निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सरकारी निस्क्रियताका कारण धेरै अमेरिकीले जीवन गुमाउनुपरेको बताएका छन्।

उनले सांसदहरूलाई बन्दुक नियन्त्रणसम्बन्धी विद्येयक छिटो पास गर्नसमेत आग्रह गरेका छन्। केन्टकीमा २१ वर्षमाथिका धेरै युवाले लाइसेन्स बिना नै बन्दुक लिने गरेको पाइएको छ।

केही समयअघि आफूसमेत बन्दुक आक्रमणमा परेका लुइसभिलका गभर्नर क्रेग ग्रिनबर्गले यसलाई ‘हिंसालक्षित खराब कार्य’ भनेका छन्।