कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका छन्।
काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन्।
कांग्रेस महामन्त्री थापाले संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएका कांग्रेससहितका दलहरूलाई अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताएका हुन्। मंगलबार काठमाडौँमा आयोजित नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले अब सरकारले एमाले या पूर्वराजालाई दोष दिएर उम्कन नमिल्ने तर्क गरे।
“अब कसैलाई दोष दिएर पाइँदैन। भूतप्रेतलाई भनेर पनि पाइन्न। भूतपूर्व राजालाई भनेर पनि पाइन्न। अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न। गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ,” उनले भने। पाँच वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने उनले बताए।
उनले शिक्षकको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरूलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो।
“शिक्षकलाई खुशी बनाउने गरी उनीहरूको तलब, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ। अनि मात्रै शिक्षकहरूको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ” उनले भने।
कांग्रेस महामन्त्री थापाले संघीय शिक्षा ऐन चार महिनाभित्र संसद्बाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरूलाई आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
