दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।
अमेरिका र फिलिपिन्सले बृहत् संयुक्त सैन्य अभ्यास शुरू गरेका छन्। चीनले ताइवानी सीमा क्षेत्रमा तीन दिने सैन्य अभ्यास गरेको भोलिपल्ट नै अमेरिका र फिलिपिन्सले संयुक्त रूपमा अहिलेसम्मकै बृहत् सैन्य अभ्यास शुरू गरेका हुन्।
फिलिपिनो र अमेरिकी अधिकारीहरूले यस संयुक्त अभ्यासमार्फत स्वतन्त्र र खुला इन्डो प्यासिफिक क्षेत्रको शान्ति र स्थायित्वको प्रतिबद्धता जनाएको बीबीसीले जनाएको छ।
यस क्षेत्रका दर्जन बढी देश सहभागी हुने भनिएको बालीकतान अभ्यासका लागि अस्ट्रेलियाले १०० जना सैनिकहरू पठाइसकेको छ। संयुक्त अभ्यास २६ अप्रिलसम्म चल्नेछ।
यस क्षेत्रको भू–सुरक्षा चासोका कारण बालीकतान अभ्यास पछिल्लो समय बलियो बनिरहेको छ। सन् २००० को दशकमा यस अभ्यासको प्राथमिकता प्रतिआतंकवाद थियो। त्यतिबेला फिलिपिन्समा अल कायदासमर्थित अतिवादी समूहहरूले आक्रमण र विस्फोट गर्ने गरेका थिए।
यद्यपि, पछिल्ला दिनमा चीनले सैन्य बिस्तार बढाउँदै साउथ चाइना सीको विवादित क्षेत्र र फिलिपिन्सका केही टापुहरूलाई आफ्नो दाबी गर्न थालेपछि यसविरुद्ध व्यापक प्रतिक्रिया बढ्न थालेको बीबीसीले उल्लेख गरेको छ।
त्यसपछि त्यस क्षेत्रको सुरक्षामा फिलिपिन्सको भूमिका बढ्न थालेको हो। फिलिपिन्सका भूमिका अमेरिकाको पहुँचलाई धेरैले साउथ चाइना सीमा सशस्त्र संघर्षको स्थिति आएमा लडाकू अभियानका लागि आधार तय गरेको पनि बताउँछन्।
यसै सन्दर्भमा फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड मार्कोस जुनियरले सोमबार अमेरिकालाई आपत्तिजनक क्रियाकलापका लागि फिलिपिन्सका सैन्य स्थलमा पहुँच नदिइने स्पष्ट पारेको बीबीसीले जनाएको छ। फिलिपिन्सका राष्ट्रपति मार्कोस् भन्छन्, “उसको आफ्नै चासोको विषय भएकाले ताइवान आसपासमा चीनको प्रतिक्रिया आश्चर्यजनक होइन। तर फिलिपिन्सले आफ्ना कुनै पनि सैन्य अखडामा आपत्तिजनक कार्यका प्रयोग गर्न दिनेछैन। यी क्षेत्र फिलिपिन्सलाई आवश्यक पर्दाका लागि मात्रै सहयोगका लागि हुन्।”
वासिंटनले गत महिना नै फिलिपिन्ससँग हुने वार्षिक बालीकतान (सामुद्रिक सुरक्षासहित जलथल दुवै क्षेत्रको वार्षिक सैन्य अभ्यास) अहिलेसम्मकै बृहत् हुने घोषणा गरेको थियो। बालीकतान अभ्यासमा १२ हजार अमेरिकी सेनासहित १७ हजारभन्दा बढी सैनिकहरू सहभागी हुने बताइएको थियो।
दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ। यस कदमले चीनलाई भड्काउने र आक्रोशित बनाउन सक्ने बीबीसीले लेखेको छ। यद्यपि, यस अभ्यासलाई ताइवानमा विकसित घटनाक्रमहरूको प्रतिक्रियाका रूपमा लिन नहुने अमेरिकी र फिलिपिनो अधिकारीहरूको भनाइ छ।
ताइवानी राष्ट्रपति साई इङ वेनको गत साताको अमेरिका भ्रमण र अमेरिकी सभामुख केभिन म्याकर्थीसँगको भेटको विरोधमा चीनले सैन्य अभ्यास गरेको थियो। जसको वासिंटन र ताइवानले निन्दा गरेका छन्। ताइवानी राष्ट्रपति साईले अमेरिका भ्रमणमा जानु आफ्नो अधिकार भएको बताएकी छिन्।
यसअघि साउथ चाइना सीसँग सीमा जोडिएका फिलिपिन्सका चार वटा स्थानमा अमेरिकाले सामुद्रिक पहुँच पाउने विषयमा गत फेब्रुअरीमा वासिंटन र मनिलाबीच नयाँ सुरक्षा सम्झौता भएको थियो। त्यस क्षेत्रबाट अमेरिकाले ताइवान र साउथ चाइना सीमा चिनियाँ हुने गतिविधिमाथि निगरानी राख्न फिलिपिन्सबाट टापुका चार वटा नौसैनिक अड्डामा पहुँच बनाएको थियो। यद्यपि, त्यहाँ स्थायी शिविर राख्ने नभई ती स्थानमा पहुँच मात्र पाएको अमेरिकाले जनाएको छ।
तीमध्ये तीन वटा अड्डा फिलिपिन्सको लुजोन टापुको उत्तरी क्षेत्रमा छन्। जुन चीनसँगै ताइवानको पनि निकट क्षेत्र हो।
साउथ चाइना सी र फिलिपिन्सको आसपासको सामुद्रिक क्षेत्र विश्वको महत्त्वपूर्ण व्यापारिक मार्गसमेत हो। तर, त्यहाँको अधिकांश क्षेत्र चीनले दाबी गरेपछि पछिल्लो केही वर्षयता सो स्थान विवादित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
