क्षमताभन्दा बढी मानिस चढ्दा पुल चुडिएको अनुमान गरिएको छ। घटनामा १०० जना घाइते भएका छन् भने ५० जना अझै हराइरहेका छन्।
काठमाडौँ- भारतको गुजरातमा आइतबार साँझ झोलुंगे पुल चुडिँदा १४१ जनाको मृत्यु भएको छ।
गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिँदा १४१ जनाको मृत्यु भएको हो भने १०० जना भन्दा बढी घाइते भएका छन्।
त्यस्तै, हालसम्म १७७ जनाको उद्धार गरिएको छ भने ५० जना अझै हराइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पुल १ सय वर्ष पुरानो रहेको र हालैमात्रै मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको थियो।
पुलमा चार सय जनाभन्दा धेरैको भिड रहेको बताइएको छ। घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
