बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा बेलायतको अर्थव्यवस्था सबैभन्दा खराब अवस्थामा पुग्ने प्रक्षेपण गरेको छ।
अमेरिका र पश्चिमा राष्ट्रहरूको प्रतिबन्धको सामना गरिरहेको रुससहित विश्वका धनी राष्ट्रहरूको समूह 'जी ट्वेन्टी' देशहरूमध्ये बेलायतको अर्थतन्त्र सबैभन्दा खराब बन्ने आईएमफले प्रक्षेपण गरेको हो।
यस वर्ष बेलायती अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिने र अर्को वर्ष १ प्रतिशतले बढ्ने आईएमएफको अनुमान छ। साथै, सन् २०२३ विश्व वित्तीय प्रणाली कठिनपूर्ण अवस्थाबाट गुज्रिने पनि आईएमएफले जनाएको छ।
विश्वमा बलियो अर्थतन्त्र भएका मुलुकहरूको समूह जी सेभेनमा पनि बेलायतको अर्थतन्त्र सबैभन्दा खराब अवस्थामा रहने आईएमएफले यसअघि नै प्रक्षेपण गरिसकेको थियो। विश्वका ठूला सात अर्थतन्त्र जी सेभेनले विश्वको व्यापार र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सबैभन्दा ठूलो हिस्सा ओगटेका छन्।
बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।
गत महिना अमेरिका दुई वटा बैंकहरू धराशायी बनेको र स्विट्जरल्यान्डको ठूलो बैंक क्रेडिट स्विसलाई प्रतिस्पर्धी अर्को बैंक युबीएसले स्वामित्वमा लिएसँगै वित्तीय संकटको जोखिम बढेको विषय पनि आईएमएफले औँल्याएको छ।
विशेष गरी विश्व अर्थतन्त्रको पृष्ठभूमि, कोरोना महामारी र युक्रेन–रुस युद्धका असरलगायतको वस्तुस्थिति केलाउँदै आईएमएफले नयाँ प्रक्षेपण सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ। यस्तै, आईएमएफले हालै देखिएको कमजोर विश्व बैंकिङ प्रणालीको व्यापक असरबारे पनि चासो बढिरहेको बताएको छ।
योसँगै सन् २०२२ मा ३.४ प्रतिशत रहेको विश्वको वित्त विकास सन् २०२३ मा २.८ प्रतिशतमा खुम्चिने पनि प्रक्षेपण गरिएको छ। त्यसपछि बिस्तारै बढ्दै जाने र पाँच वर्षको अवधिसम्म ३ प्रतिशत कायम रहने प्रक्षेपण आईएमफको छ। यदि वित्तीय क्षेत्रमा थप खराबी देखा परे विश्वको विकास यस वर्ष थप कमजोर बन्ने चेतावनीसमेत आईएमएफले दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
