विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएको जुत्ता २२ लाख डलर बिक्री भएको छ। अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले याे जुत्ता लिलामीमा राखेकाे थियाे।
विश्वविख्यात बास्केटबल खेलाडी माइकल जोर्डनले लगाएको जुत्ता २२ लाख डलर (२८ करोड ८३ लाख रुपैयाँ) मा मंगलबार बिक्री भएको छ।
कालो र रातो रंगको सो जुत्ता (एयर जोर्डन १३ एस) जोर्डनले सन् १९९८ मा एबीए फाइनलमा लगाएका थिए। त्यस खेलमा जोर्डनले बुल्सका लागि ३७ अंक बनाएका थिए।
त्यही जुत्ता मंगलबार लिलामीमा २२ लाख डलरमा बिक्री भएको हो। लिलामीमा बिक्री भएको यो नै अहिलेसम्मको महँगो जुत्ता बनेको छ।
अमेरिकी फाइनआर्टस् कम्पनी सथबीजले यो जुत्ता लिलामीमा राखेको थियो। यसअघि र्यापर कान्ये वेस्टले लगाएको नाइकी एयर यीजी वानएस जुत्ता १८ लाख डलर ९हाल २३ करोड नेपाली रुपैयाँ० मा बिक्री भएको थियो। अहिले जोर्डन जुत्ता त्यसभन्दा पाँच करोड रुपैयाँभन्दा बढीमा लिलामी बिक्री भएको छ।
जोर्डनले १९९८ को एनबीए फाइनलमा लगाएको जर्सी पनि सथबीजले सन् २०२२ सेप्टेम्बरमा १०.१ मिलियन डलर (एक अरबभन्दा बढी नेपाली रुपैयाँ) मा बिक्री गरिसकेको छ।
जुन लिलामीमा अहिलेसम्मकै बढी मूल्यमा बिक्री भएको स्पोर्ट्स ड्रेस बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
