रियल मड्रिडको जितमा करिम बेन्जेमा र एसेन्सियोले गोल गरे।
काठमाडौँ– च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा रियलसँग चेल्सी २–० ले स्तब्ध भयो। रियलको जितमा करिम बेन्जिमा र एसेन्सियोले गोल गरे।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले बेन्जिमाको गोलबाट १९औँ मिनेटमा अग्रता लिएको थियो। ५९औँ मिनेटमा रोड्रिगोलाई फाउल गरेपछि बेन चिलवेल सिधै रातो कार्ड पाउँदै बाहिरिए।
त्यसपछि १० खेलाडीमा सिमित चेल्सी थप दबाबमा परेको थियो। ७४औँ मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सहज जित दिलाए। दुवै गोलमा भिनिसियस जुनियरले असिस्ट प्रदान गरेका थिए।
जितसँगै रियलको सेमिफाइनल सम्भावना बलियो भएको छ। दोस्रो लेग चेल्सीको मैदानमा अप्रिल १९ मा हुनेछ।
यस्तै पहिलो लेगअन्तर्गत अर्को खेलमा एसी मिलानले नेपोलीलाई पराजित गरेको छ। मिलानले घरेलु मैदानमा नेपोलीलाई १–० ले पराजित गरेको हो।

मिलानको जितमा इस्माइल बेनासेरले गरेको गोल निर्णायक बन्यो। उनले ४०औँ मिनेटमा राफयल लियोको पासमा गोल गर्न सफल भएका थिए।
यस जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अप्रिल १८ मा नेपोलीको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके मिलान सेमिफाइनल पुग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
