चेन्नईमाथि राजस्थानकाे रोमान्चक जित

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे। 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा उक्लिएकाे छ।

बुधबार राति चेन्नईकाे घरेलु मैदानमा राजस्थानले‍ ३ रनकाे राेमान्चक जित दर्ता गरेकाे हाे। १७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्याे। 

चेन्नईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रन बनाए। अजिन्क्या राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए। 

राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले २/२ तथा सन्दीप शर्मा र एडम जाम्पाले १/१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ्स खेले।

देवदत्त पडिकलले २६ बलमा ५ चाैकसहित ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए।

चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २/२ तथा मोईन अलिले १ विकेट लिए। चेन्नई ४ खेलमा २ जित र २ हारसहित पाँचौँ स्थानमा छ।