युवा संघले छान्यो सर्वसम्मत नेतृत्व : अध्यक्षमा क्षितिज थेबे, महासचिव सुमन पुरी

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम चयन भएका छन्।

काठमाडौँ– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्।

बिहीबार नेपालगन्जमा सम्पन्न नवौँ महाधिवेशनले अध्यक्षमा थेबेसहित सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको हो।

यस्तै महासचिवमा सुमन पुरी चयन भएका छन्। महाधिवेशनबाट सात जना उपाध्यक्ष चयन भएको युवा संघका इन्चार्ज महेश बस्नेत बताए।

बस्नेतका अनुसार उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम चयन भए। यस्तै उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चयन भएका छन्।

सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी रहेका छन्।

यसैगरी कोषाध्यक्षमा राकेश राई चयन भएको बस्नेतले बताए।