धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर आवेदन मागेको हो। यसअघि असोज २ गते बोर्डले ४५ दिनको समय दिएर पहिलोपटक आवेदन खुलाएको थियो ।
काठमाडौँ– सर्वोच्च अदालतको आदेशले प्रक्रिया अघि बढाउने बाटो खुलेसँगै नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज लाइसेन्सका लागि पुनः आवेदन माग गरेको छ।
बोर्डले बिहीबार सूचना जारी गर्दै १० दिनको समयसीमा दिएर आवेदन मागेको हो। यसअघि असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो ।
उक्त निर्णय बदरको माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कात्तिक ४ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो।
त्यही निवेदनमा आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्दै रिट निवेदन खारेज हुने फैसला गरेको हो। उक्त फैसलापछि बोर्डले यसअघिको ४५ दिनको समायावधिमध्ये बाँकी रहेको १० दिनभित्र स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज सञ्चालनका लागि इच्छुकले निवदेन पेस गर्न आव्हान गरेको छ।
भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रसमेतको लगानीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको प्रक्रिया शुरू गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
