बिहीबार ४९ लाख १३ हजार ७०२ कित्ता सेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५.७७ मा कारोबार भयो।
काठमाडौँ– २०७९ सालको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्दा भएको छ। बुधबार नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै उकालो लागेको नेप्से परिसूचक बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ अंकमा सीमित भएको हो।
बिहीबार कारोबार आएका २७० कम्पनीमध्ये ३० को सेयर मूल्य बढ्यो भने १८६ को घट्यो, चार वटाको सेयर मूल्यमा कुनै परिवर्तन भएन। बिहीबार सबै सूचक राताम्मे देखियो। बिहीबार ४९ लाख १३ हजार ७०२ कित्ता सेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५.७७ मा कारोबार भयो।
कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन्।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
