मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी हुन्।
उनले गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आमजनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको बताइन्। उनले कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हडतालको विषय बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
मन्त्री शर्माले महानगरपालिकाको मेयरले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने बताइन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह जिम्मेवार पदाधिकारीले उनले चालेको कदम ठीक नभएको र यसले राम्रो सन्देश नदिने बताइन्। संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ।
“उहाँले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन। त्यो गर्न हुँदैन,” उनले भनिन्, “काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नुभएन, कानून बुझ्नुभएन, सरकार सञ्चालन ऐन बुझ्नुभएन भन्न हामी सक्दैनौँ। त्यो उहाँले बुझ्नुभएको छ। बुझ्नुपर्छ। र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो।”
मन्त्री शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताइन्। उनले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताइन्। उनले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरू र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन्।
उनले सत्तारूढ गठबन्धनका दलहरू सहितका अन्य दलहरूसँग समेत देशको अर्थतन्त्र सुधार लगायतका विषयहरूमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
