बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा साबिक विजेता गुजरात जायन्ट्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
गएराति बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १५४ रनको विजयी लक्ष्य गुजरातले १९।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
गुजरातका ओपनर शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित ६७ रन बनाए। ऋद्धिमान शाह १९ बलमा ५ चौकासहित ३० रनमा आउट भए। शाई सुदर्शनले २० बलमा २ चौकासहित १९ रन बनाए।
पन्जाबका साम करन, अर्शदीपसिंह, हरप्रीत ब्रार र कागिसो रबाडाले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। पन्जाबका म्याथ्यु शर्टले २४ बलमा ६ चौका र १ छक्कासहित ३६ रन बनाए। जितेश शर्माले २५ रन बनाए
गुजरातका मोहित शर्माले २ तथा मोहम्मद शामी, जोशुवा लिटिल, अल्जारी जोशेफ र राशिद खानले समान १/१ विकेट लिए।
यसजितसँगै गुजरात ६ अंकसहित तेस्रो स्थानमा छ। पन्जाब ४ अंकका साथ छैटौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
