पर्यटक लिएर मुस्ताङ गइरहेको बस म्याग्दीमा दुर्घटना, ४ जना घाइते

काठमाडौँबाट मुस्ताङ गइरहेको बस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्धार गरिँदै। तस्वीर : रासस

काठमाडौँ– पर्यटक लिएर मुस्ताङ गइरहेको बस म्याग्दीमा दुर्घटनामा परेको छ। दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन्।

काठमाडौँबाट गएको बा ३ ख ९६४७ नम्बरको बस शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

घाइते हुनेमा दुईजना विदेशी पर्यटक छन्। उनीहरूकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ। बसमा २३ यात्रु रहेकामा अन्य सकुशल छन्।